काठमाडौँ, २७ चैत्र । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । स्कट मोरिसन सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री छन् ।
मोरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिटहरू छन् र अष्ट्रेलियामा सरकार बनाउन कम्तीमा त्यो संख्या हुनु आवश्यक छ ।
स्कट मोरिसनले गभर्नर जनरलसँग कुरा गरेपछि चुनावको घोषणा गरेका हुन् । हालैका दिनहरूमा प्रधानमन्त्री स्कट मोरिसनमाथि विभिन्न आरोप लागेपछि उनको लोकप्रियता घटेको बताइन्छ ।




