काठमाडौँ, २५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्यकर्मी संघको अधिवेशनलाई सम्बोधन गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको बताएका छन् ।
‘उनले भने, नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन बनेका छन् । तर स्वीकृत दिएको छैन ।’




