सत्ता गठबन्धनको निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति निकाल्ने निर्णय

`

     २०७८ चैत्र २५ गते १:२१

काठमाडौँ, २५ चैत्र । सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’ले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति निकाल्ने भएको छ ।

गठबन्धनको बालुवाटारमा बसेको बैठकले समिति मार्फत बिज्ञप्ति निकाल्नेबारे निर्णय भएको बैठकमा सहभागी नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

‘हामीले रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्नेबारे कुरा निर्णय भएको छ,’ उनले भने ।

उनले आजको बैठक अनौपचारिक भएको पनि बताएका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार मध्यान्ह सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु बैठक बसेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?