काठमाडौँ, २५ चैत्र । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको ९९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।
साथै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३५५ मा करोबार भएको महासंघले जनाएको छ ।




