रुसी ग्यासको भुक्तानी रुबलमा गर्न हंगेरी तयार

`

     २०७८ चैत्र २४ गते १२:२४

काठमाडौँ, २४ चैत्र । ग्यासको आपूर्ति रुबलमा तिर्नुपर्ने मस्कोको निर्देशिकालाई हंगेरीले सकारात्मक दृष्टिले हेरेको छ । साथै, हंगेरिले ईयूूको दबाबलाई नमान्ने र रुसबाट हुने तेल तथा ग्यासको आपूर्तिमाथिको प्रतिबन्धलाई समर्थन नगर्ने उनले बताए ।

अप्रिल ६ मा हंगेरीका विदेश मन्त्री पिटर जिजियार्टोले आफ्नो मुलुक र रुस बीचको ग्यासको सम्झौताले अर्थ राख्ने बताएका थिए । उनले यसमा ईयूको कुनै भूमिका पनि नरहने बताएका छन् ।

अर्बानका अनुसार आफ्नो मुलुकले वासिङटनले गरिरहेको नेतृत्वलाई नपछ्याउने र रुससँगको ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा पनि आबद्ध हुनेछैन । हंगेरीमा खपत हुने समग्र ग्यासको ८५ प्रतिशत रुसबाट आउने बताइएको छ । यसैगरी ८५ प्रतिशत हंगेरीका नागरिकले पनि ग्यास नै प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?