काठमाडौँ, २३ चैत्र । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बुधवार पत्रकार सम्मेलन गर्दै आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताए । उनले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताए ।
महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताए । यस्तै संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्ने बताए ।
हिसानले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ आफ्नो आठौं महाधिवेशन गर्न लागेको हो ।



