" /> अभिनेता भुवन केसी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौँको मेयरमा उठ्ने - Sarbocha Media

अभिनेता भुवन केसी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौँको मेयरमा उठ्ने

`

     २०७८ चैत्र २३ गते ८:१०

काठमाडौँ, २३ चैत्र । अभिनेता भुवन केसी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौंको महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।

उन्नत लोकतन्त्र पार्टीले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर र उपमेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरेको हो।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?