नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त

`

     २०७८ चैत्र २१ गते ५:५४

काठमाडौँ, चैत्र २१ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ । वर्तमान विदेश सचिव हर्षवर्धन को अवकाशपछि क्वात्रालाई विदेश सचिव नियुक्त गरिएको हो ।

विनय मोहन क्वात्रा हाल नेपालका लागि भारतका राजदूत छन् । क्वात्रा मार्च २०२० मा नेपाल राजदुत बनेका थिए । त्यसअघि क्वाटर २०१७ देखि २०२० सम्म फ्रान्सको राजदुत रहेका थिए ।

क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?