विद्वान गुरुङद्वारा दलका केन्द्रीय अध्यक्षको पदभार ग्रहण

`

     २०७८ चैत्र २१ गते १:३१

काठमाडौँ, २१ चैत्र । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

तरुण दलको नेतृत्व पाएका पर्वतका विद्वान गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए। उनले कोषाध्यक्ष रहँदा पनि पार्टीको हितका लागि काम गरेका कारण स्थानीय तहको पूर्वसन्ध्यामा नेतृत्व पाएपछि देशभरका तरुणहरूलाई पार्टीको पक्षमा गोलबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका थिए । सभापति देउवाले चैत ९ गते गुरुङलाई अध्यक्ष मनोनित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?