प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गर्दै पाकिस्तानको संसद् विघटन

`

     २०७८ चैत्र २० गते ४:०९

काठमाडौँ, २० चैत्र । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसद भंग गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रपति अल्वीले नेशनल एसेम्बलीलाइई विघटन गरेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत नेशनल एसेम्बली भंग गर्ने सिफारिसलाई स्वीकार गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई विधानसभा भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए ।

नेशनल एसेम्बलीमा आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्तावलाई उपसभामुखले संबिधान विपरित भन्दै अस्वीकृत गरिदिएपछि उनले यस्तो घोषणा गरेका थिए ।

आइतबार उक्त प्रस्तावमा मतदान हुनुअघि सदनका उपसभामुख कासिम सुरीले यसलाई असंवैधानिक भन्दै खारेज गरेका थिए । उनले अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को उल्लङ्घन भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?