प्रस्ताव असंवैधानिक भएको भन्दै इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

`

     २०७८ चैत्र २० गते १:३०

काठमाडौँ, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान अघि नै राष्ट्रिय सभाका उप–सभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका छन् ।

यो सत्र राष्ट्रिय सभाका उप–सभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो ।

उप–सभामुखले यो अविश्वासको प्रस्ताव असंवैधानिक भएको जिकिर गर्दै खारेज गरेका छन् । यसका साथै राष्ट्रिय सभाको बैठक २५ अप्रिलसम्म स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?