स्थायी शिक्षकको परीक्षामा पास गराउने भन्दै ६० लाख उठाएर २ जना फरार

`

     २०७८ चैत्र २० गते ९:३१

काठमाडौँ, २० चैत्र । शिक्षक सेवा आयोगले लिइरहेको स्थायी शिक्षकको परीक्षामा पास गराइदिने भन्दै २ जनाले ६० लाखभन्दा बढी रकम ठगी गरेको छ ।

यसरी रकम ठगेर फरार हुनेमा कालिकोट गेलाका जगत शाही र मनराज शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुर्खेतको मंगलगढीको जेनिथ इन्टिच्युट र एमपीजे मःम सेन्टरमा उनीहरुले हस्तलिखित प्रश्न तथा उत्तरसहितको फोटोकपी बाँड्दै परीक्षार्थीहरुलाई लोभ्याएका थिए । सेटिङ मिलाएर प्रश्नपत्र र उत्तर लेखेर पठाइदिने प्रलोभन देखाएर ३० जनाभन्दा बढी परीक्षार्थीबाट २ लाखका दरले पैसा उठाएको उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?