प्रधानमन्त्री देउवा र मोदीबीच यी चार सम्झौतामा हस्ताक्षर भयो

`

     २०७८ चैत्र १९ गते १:५४

काठमाडौं, चैत १९ । भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चार सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो । उनीहरुले संयुक्त रुपमा जयनगर–कुर्था अन्तरदेशीय रेल्वे सेवाको उद्घाटनका साथै भारतको सहयोगमा निर्माण भएको निर्माण भएको सोलु करिडोर विद्युत प्रशारण लाइनको पनि उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?