काँग्रेसको शासन राणा र पञ्चायतभन्दा कम छैन : केपी ओली

`

     २०७८ चैत्र १८ गते ५:२३

काठमाडौँ, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् ।

उनले नेपालमा भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने पनि काँग्रेस नै भएको ओलीको भनाइ छ । शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भीमदत्त पन्तको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

‘डोटीमा गिरफ्तार गरेर भिमदत्त पन्तको टाउको काट्ने काम । अलिक भन्न राम्रो लाग्दैन तर यो सव नेपाली काँग्रेसले गराएको थियो’, ओलीले भने, ‘भारतीय सेना नेपालभित्र बोलाएर, नेपालको आन्दोलन र भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली काँग्रेसले कटाएको थियो ।’ उनले विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला गोली चलेर हत्या भएको भन्दै अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर गएका बेला केही नभन्ने तर फर्केपछि नै कुरा गर्ने बताए ।

फरक प्रशंगमा ओलीले माधव नेपाल कम्युनिस्ट नै नभएको भन्दै उनले कम्युनिस्ट सरकार र पार्टी फुटाउने माधव नेपाल कम्युनिस्ट नभएर पत्रु भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?