किरात सभ्यता जोड्न खोज्दा अनुसन्धान बिना कोसी जोडेर गिजोल्ने काम भयो : राई

`

     २०७८ चैत्र १८ गते ३:५८

काठमाडौँ, १८ चैत्र । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण किरात सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तथ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्‍मय सङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताएका हुन् । ‘प्रदेशको नामकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तथ्य विना अर्को सभ्यता खडा गर्दा कतिको न्यायोचित हुन्छ रु’, मुख्यमन्त्री राईले भने, ‘कोशी सभ्यता वास्तवमा भनिँदै आएको हो की साँच्चैको सभ्यता हो र ? कोशी सभ्यता हो की होइन प्रश्न उठेको छ ।’

मुख्यमन्त्री राईले मानवको उत्पत्ती हुँदा पानीको आवश्यकता पुरा गर्न मानव वस्ती सुरुवातको चरणमा नदीको छेउछाउ बसोबास गरेपनि पानीले सभ्यताको विकास नगर्ने बताए । ‘सभ्यता मानवले विकास गर्ने हो, पानीले होइन,’ उनले भने, ‘कुनै खोला किनारमा घना मानव वस्ती छैन अहिले । सभ्यता नदी या पानीले बनाउँदैन सभ्यता मानवले बनाउने हो अहिलेसम्म कोशीको आसपासमा मानव बसोबास छैन त्यहाँ कोशी सभ्यता कसरी मान्न सकिन्छ की सकिँदैन ।’

प्रदेशको नामकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तथ्य विना अर्को सभ्यता खडा गर्दा न्यायोचित नहुने भनाइ थियो । राईले संस्कृती भाषा लोप भइरहेको बताउँदै नयाँ पुस्तामा परेको पश्चिमाकरणको प्रभाव, अन्तरजातीय विवाहलगायत अन्य विविध कारणले लोप हुनु आफ्नो ठाउँमा भएपनि राज्यको गल्ती र विभेदको कारणले संस्कृती भाषा र सभ्यता लोप हुनु नहुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?