भारत सरकार र महिला उद्यमी महासङ्घद्वारा प्रकृति मैनालीलाई प्रियदर्शनी अवार्ड

`

     २०७८ चैत्र १८ गते १:०१

काठमाडौँ, चैत १८ । भारत सरकार र भारतीय महिला उद्यमी महासंघले प्रकृति मैनालीलाई प्रियदर्शनी- मेड ए डिफरन्स अवार्ड–२०२२ बाट सम्मान गरेको छ ।

भारतको नयाँदिल्लीमा आयोजित एक समारोहबीच मैनालीलाई मन्त्री नारायण तातु राणे लगायतले सम्मान गरेका हुन् ।

नेपालमा महिला उद्यमशीलता संस्कृतिको प्रवद्र्धनमा विशेष गरी पिछडिएका महिला समुदायलाई आर्थिक अवसरका माध्यमबाट दुर्व्यवहार र हिंसाको डरबाट मुक्त गराउन प्रयास गरेकाले मैनालीलाई सम्मान गरिएको भारतीय महिला उद्यमी महासंघले जनाएको छ ।

मैनाली नेपाल सरकारको राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट पनि सम्मानित भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?