काठमाडौँ, १८ चैत्र । आज सुनचाँदीको मुल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको ९९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९८ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३६० मा कारोबार भएको महासंघले जनाएको छ ।




