नेकपा एमाले र राप्रपाबिच गठबन्धनको लागी छलफल

`

     २०७८ चैत्र १८ गते १०:२२

काठमाडौँ, १८ चैत्र । सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ ।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० महामन्त्री डा धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । भेटवार्तापछि डा राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले(राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए ।

‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्‍यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले न्युज कारखानासँग भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’ भेटवार्ता सकारात्मक भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?