काठमाडौँ, १७ चैत्र । सुनको मुल्य बिहीबार १ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
यसअघि, बुधबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको मुल्य तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य १० रुपैँयाले घटेर एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।




