सुनको मूल्यमा गिरावट

`

     २०७८ चैत्र १६ गते ११:४४

काठमाडौँ, १६ चैत्र । बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ।

आज सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला चार सय र चाँदी १० रुपैयाँले घटेको हो।

मंगलबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?