काठमाडौँ, १५ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा निर्वाचनमा तालमेल गर्ने विषयमै छलफल केन्द्रित भएको उनले बताए । पौडेलले स्थानीय आवश्यकता अनुसार स्थानीय स्तरबाट तालमेल हुने बताए ।
पौडेल वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजानु पर्ने पक्षमा थिए ।




