काठमाडौँ, १५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकामा छापा मारेको छ।
आयोगको हेटौंडास्थित कार्यालयले जगरनाथपुर र बर्दिबासस्थित कार्यालयले सर्लाहीको कौडेना गाउँपालिकामा मंगलबार छापा मारेको हो।
कोभिडको समयमा विपन्नले दिनुपर्ने सहायता रकम दुरुपयोग गरेको र स्वास्थ्यकर्मीहरूको तलबसमेत हिनामिना गरेको आरोपमा अख्तियारले दुबै गाउँपालिकामा छापा मारेको हो।
अख्तियारले गाउँपालिका कार्यालयबाट कागजातहरू नियन्त्रणमा लिएको छ।
अख्तियारको बर्दिवासस्थित कार्यालयका सूचना अधिकारी विजयकुमार शर्माका अनुसार विपन्न परिवारले पाउनुपर्ने रकम हिनामिना भएको उजुरी परेको थियो।




