काठमाडौँ, १४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्न आग्रह गरेकी छन् । आइतबार पोखरामा आयोजित न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो अनुरोध गरेकी छन् ।
जनताको आकांक्षाअनुसार काम गर्न सके मात्र समृद्ध मुलुक निर्माण हुने बताउँदै उनले जनताका अत्यावश्यक सुविधालाई प्राथमिकतामा राख्नुपर्ने बताएकी थिइन् ।
‘प्रकृतिलाई बिगारेर होइन, सिंगारेर अघि बढ्नुपर्छ‚’ उनले भनिन, ‘स्थानीय तहमा वन क्षेत्रको संरक्षण जरुरी छ । पानीका मूल जोगाउन, भू(क्षय रोक्न, बहुउपयोगी बिरुवा रोप्नका लागि अभियान सञ्चालन गर्नुपर्छ ।’




