मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको भन्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

`

     २०७८ चैत्र १४ गते ४:२९

काठमाडौँ, १४ चैत्र । चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारी मध्ये ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाममा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको हो । उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या समाधान गर्नका लागि समेत माग गरेको छ ।

करिब ८ महिना अघि पनि अभियन्ताहरुले गरेको आमरण अनसनको क्रममा तत्कालिन प्रदेश २ सरकारले चुरे वन जंगल र मारुती सिमेन्टले सिरहामा गरेको जग्गा अतिक्रमणको विषयमा छानविन गरी २१ दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको थियो । तर सो प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अभियानका अध्यक्ष सुनिल यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?