चुनावमा गठबन्धन नगरी जितिँदैन : देउवा

`

     २०७८ चैत्र १४ गते ३:४१

काठमाडौँ, १४ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन् ।

सभापति देउवाले आगामी निर्वाचमा गठबन्धन नगरी नहुने भन्दै गठबन्धनमा शंका नगर्न बताए ।

सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुने बताए । उनले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरी कसरी हुन्छ रु पहिला धेरै साथीले हारेका हैनन् र रु गठबन्धन गरियो भने अहिले सबै सिट जित्छौँ ।’

सभपाति देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको तर, अहिले त्यो रिस फेर्न नहुने र अवस्थाअनुसार चल्नुपर्ने बताए । साथै, आफूमाथि पनि त्यस्तो कुनै शंका नगर्न सभापति देउवाको भनाइ छ ।

यसअघि केन्द्रीय सदस्य कोइरालाले गठबन्धनको औचित्यबारे प्रश्न उठाएका थिए । उनले अरु दलसँग गठबन्धन गर्नुभन्दा पार्टीलाई नै दह्रो बनाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?