तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : प्रचण्ड

`

     २०७८ चैत्र १४ गते २:५७

काठमाडौँ, १४ चैत्र । सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तीनै तहको निर्वाचनमा हुने बताएको छ ।

प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताएका हुन् ।

१२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?