चैत १८ मा प्रधानमन्त्री देउवा भारत जाने

`

     २०७८ चैत्र १४ गते १:५७

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको पुष्टि गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाको २० चैतमा नेपाल फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?