न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी पोखरामा

`

     २०७८ चैत्र १४ गते ११:३३

काठमाडौँ, १४ चैत्र । न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत भण्डारी पोखरा आएकी हुन्।

सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

पोखरा महानगरको न्यायीक समितिको आयोजनामा पहिलो पटक न्यायीक सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायीक समिति पोखराका संयोजक एवं उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?