काठमाडौँ, ११ चैत्र । आज नेपाली बजारमा सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदी तोलामा २५ रुपैयाले बढेर १४०० मा कारोबार भएको महासंघले जनाएको छ ।




