प्रदेश १ काँग्रेस प्रमुख सचेतकमा राई

`

     २०७८ चैत्र १० गते ४:२८

काठमाडौँ, १० चैत्र । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको बताए। राई यसअघि दलका सचेतक थिए।

तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?