जेलेन्स्कीले जापानी संसदमा गर्‍यो सम्बोधन

`

     २०७८ चैत्र ०९ गते ६:४८

एजेन्सि, ९ चैत्र । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जापानका सांसदहरुलाई विशेष सम्बोधन गरका छन् ।

जापानी सांसदहरूलाई भर्चुअल सम्बोधन गर्दै शान्ति पुनर्स्थापनामा मद्दत गर्न रूसमाथि थप दबाब सिर्जना गर्न आग्रह गरेका छन् ।

जेलेन्स्कीले भने-‘जापानले हामीलाई तुरुन्तै मद्दत गर्यो, यसकालागी हामि हृदयदेखि नै धन्यवाद दिन्छौं ।’ जेलेन्स्कीले रुसमाथि दबाब दिने जापान पहिलो एसियाली देश भएको बताउँदै मस्कोमा जारी दबाबले शान्ति पुनर्स्थापनामा मद्दत गर्ने बताए ।

जेलेन्स्कीको सम्बोधनमा जापानी प्रधानमन्त्री फुमियो किशिदा, परराष्ट्र तथा रक्षामन्त्री र जापानका लागि युक्रेनी राजदूत सेर्गी कोर्सुनस्की सहभागी थिए ।

यससँगै जेलेन्स्की जापानको संसदमा सम्बोधन गर्ने पहिलो विदेशी नेता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?