नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पत्रकारबिच कुटाकुट

`

     २०७८ चैत्र ०९ गते ४:४४

काठमाडौँ, ९ चैत्र । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थल काठमाडौँको बबरमहलस्थित कार्की बैङ्कटमा रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूबीच हात हालाहाल भएको छ ।

रिपोर्टिङ गर्न कार्की बैङ्कट पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको हो ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटना बाहिर आएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?