आफूलाई उपयुक्त ठानेका प्रतिनिधिलाई छान्न गृहमन्त्रीको आग्रह

`

     २०७८ चैत्र ०९ गते १२:४७

काठमाडौँ, ९ चैत्र । कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको विन्धबासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताए।

उनले स्थानीय चुनाव निष्पक्ष तरिकाले हुने पनि बताए। नागरिकतले आफूलाई उपयुक्त ठानेका प्रतिनिधिलाई छान्न सक्ने उनको भनाइ थियो।

उनले आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?