एमाले केन्द्रीय कमिटी बैठक सुरु, बैठक दुई दिनसम्म चल्ने

`

     २०७८ चैत्र ०९ गते १२:२७

काठमाडौँ, ९ चैत्र । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् ।

दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकमा पेश हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?