" /> अघि बढ्यो एमसिसी, अधिग्रहण गरेको जग्गा तत्काल खाली गर्न सूचना - Sarbocha Media

अघि बढ्यो एमसिसी, अधिग्रहण गरेको जग्गा तत्काल खाली गर्न सूचना

`

     २०७८ चैत्र ०८ गते १२:२७

काठमाडौँ, ८ चैत्र । एमसिसी परियोजनाअन्तर्गत सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।

चार सय केभी रातमाटे सब-स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो।

जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?