काठमाडौँ, ८ चैत्र । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा २० रुपैयाले बढेर १३९५ मा कारोबार भएको महासंघले जनाएको छ ।




