रुसले गर्यो ४०० जना आश्रय लिएको विद्यालयमा बमबारी

`

     २०७८ चैत्र ०६ गते २:३३

काठमाडौँ, ६ चैत्र । रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए ।

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ ।

युक्रेन युद्धले उर्जा, खाद्यन्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?