काठमाडौँ, ६ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ ।
नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डपसहित सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।
आइतबार एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको छ ।
यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणले ती कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ ।
-नेकोन एयर : ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ
-शिवानी एयर : ५५ लाख ५१ हजार ५३ रुपैयाँ
-गोरखा एयर स्: २० लाख ३५ हजार २९ रुपैयाँ
-माउण्टेन एयर : ६ लाख १० हजार ८३४ रुपैयाँ
-कस्मिक एयर :३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ
-स्काइलाइन एयरवेज: ७ लाख ८० हजार ४०० रुपैयाँ
-एयर काष्ठमण्डप : ७ लाख ३८ हजार ४४७ रुपैयाँ




