काठमाडौँ, ५ चैत्र । गायक प्रकाश सपुतको गित ‘पिर’ बिबातमा आएसंगै एक साता पछि युट्युब च्यानलबाट हटाएको छ । यो गितले एक सातामै १ करोड ४ लाखभन्दा बढी भ्युज पाएको थियो ।
माओवादीका केहि भ्रातृ संगठनहरुले ‘पिर’ गितले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए । साथै, माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएको हो । यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो ।
गितमा रहेको पुलमाथिको यौनकर्मीको दृश्य पूर्ण रुपमा हाटाई शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् ।
गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।




