अरु साना कम्युनिस्ट पार्टीलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने महासचिव पोखरेलले बताए । ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्तालाई आफूसित ल्याउने’ उनले भनेका छन् । पोखरेलले अघि भने, ‘अब हाम्रो बाटो एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने हो । अहिले थुप्रै छन् । तर, ती पार्टीहरुलाई हामीले चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौं भने हराएर जान्छन् ।’

अबको राजनीतिक व्यवस्था आर्थिक विकास र समृद्धिको भएकाले सरकारको नेतृत्व गर्न नसक्ने दलको अर्थ नहुने पोखरेलले बताए । आर्थिक अवस्थामा रुपान्तरणको राजनीतिभित्र सरकारको नेतृत्व गर्न नसक्ने पार्टीहरुको के अर्थ छ र ? केही पनि छैन । यस अर्थमा नेपालमा सानातिना पार्टीहरु विस्तारै हराउँदै जान्छन् । र त्यसको ठाउँ ठूला पार्टीले लिन्छन्’ उनले भने ।

" /> कुनैपनि हालतमा माधव नेपालको पार्टीलाई चुनाव जित्न दिनेछैनौं - नेकपा एमाले - Sarbocha Media

कुनैपनि हालतमा माधव नेपालको पार्टीलाई चुनाव जित्न दिनेछैनौं – नेकपा एमाले

`

     २०७८ चैत्र ०३ गते ९:४५

काठमाडौं, चैत ३ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनैपनि हालतमा चुनाव जित्न नदिने बताएका छन् । अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताएका हुन् । ‘भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ पोखरेलले भने । चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उनको दावी छ । ‘जसरी विगतमा नेकपा माले भन्ने पार्टी गठन भएको थियो । सबैतिर चुनाव हराइदिएपछि के भयो ? झोली झुम्टा बोकेर सबै कमरेडहरु अब हामी घरै फर्कियौं भनेर आउनुभयो । पार्टी सकियो’ पोखरेलले भने ।

अरु साना कम्युनिस्ट पार्टीलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने महासचिव पोखरेलले बताए । ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्तालाई आफूसित ल्याउने’ उनले भनेका छन् । पोखरेलले अघि भने, ‘अब हाम्रो बाटो एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने हो । अहिले थुप्रै छन् । तर, ती पार्टीहरुलाई हामीले चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौं भने हराएर जान्छन् ।’

अबको राजनीतिक व्यवस्था आर्थिक विकास र समृद्धिको भएकाले सरकारको नेतृत्व गर्न नसक्ने दलको अर्थ नहुने पोखरेलले बताए । आर्थिक अवस्थामा रुपान्तरणको राजनीतिभित्र सरकारको नेतृत्व गर्न नसक्ने पार्टीहरुको के अर्थ छ र ? केही पनि छैन । यस अर्थमा नेपालमा सानातिना पार्टीहरु विस्तारै हराउँदै जान्छन् । र त्यसको ठाउँ ठूला पार्टीले लिन्छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?