अध्यक्ष नेपालले युट्युबरलाई जिम्मेवार बन्न सुझाव समेत दिएका छन् । ‘अहिले मैले सुनिरहेको छु युट्युबमाथि कतिपय गुनासा पनि छन्, गुनासा सबैका होलान्’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘अलिअलि त्रुटि हुँदा, कमजोरी हुँदा, विरोधको भावना जाग्दछ ।’ अध्यक्ष नेपालले झुठा समाचार, सूचना र विषयलाई बंग्याएर प्रचार हुँदा मानिसहरुलाई निकै ठुलो आहत पार्ने र कतिपय मानिसको मानसिकतालाई नै खल्बल्याइदिन सक्ने भएकाले सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘सहि बाटोमा जानका लागि राज्यले सवैलाई उत्प्रेरित गर्नुपर्दछ । सहि बाटोमा जान सिकाउनु पनि पर्दछ । कहिलेकाही चेतावनी पनि दिनुपर्छ । केही गर्दा पनि पार लागेन भने अन्तिम उपाय अपनाउन पनि सकिन्छ’, नेता नेपालले भने, ‘म युट्युबको प्रयोगकर्तालाई पनि भन्न चाहान्छु कि तपाईहरु जिम्मेवार भएर प्रस्तुत हुनुस् ।’

" /> रावणको नास भएजस्तै खिसी टिउरी गर्ने तत्त्वको निर्वाचनमा पत्तासाप हुनेछ - माधव नेपाल - Sarbocha Media

रावणको नास भएजस्तै खिसी टिउरी गर्ने तत्त्वको निर्वाचनमा पत्तासाप हुनेछ – माधव नेपाल

`

     २०७८ चैत्र ०३ गते ७:३५

काठमाडौं, चैत ३ । फागु पर्वका अवसरमा नेकपा ९एकीकृत समाजवादी० पार्टीले बिहीबार आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा प्रतिगामी र अहंकारवादी प्रवृति देखिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरूलाई जनताले निर्वाचनमा दण्डित गर्ने बताएका छन् । उनले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कलमले ‘कमाल’ गर्ने दावी समेत गरे । ‘खिसी टिउरी गर्ने तत्त्वको हरिबिजोग त्यही वेलामा थाहा हुनेछ । त्यस्ता घमन्डको पोको भएको रावणको नास भएजस्तै, होलीका दहन भएजस्तै त्यस्ताहरुको दहन हुनेछ’, नेता नेपालको भनाइ छ । अध्यक्ष नेपालले राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने असल चरित्र र असल व्यक्तिलाई अघि सार्नुपर्ने र त्यसका लागि सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले युट्युबरलाई जिम्मेवार बन्न सुझाव समेत दिएका छन् । ‘अहिले मैले सुनिरहेको छु युट्युबमाथि कतिपय गुनासा पनि छन्, गुनासा सबैका होलान्’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘अलिअलि त्रुटि हुँदा, कमजोरी हुँदा, विरोधको भावना जाग्दछ ।’ अध्यक्ष नेपालले झुठा समाचार, सूचना र विषयलाई बंग्याएर प्रचार हुँदा मानिसहरुलाई निकै ठुलो आहत पार्ने र कतिपय मानिसको मानसिकतालाई नै खल्बल्याइदिन सक्ने भएकाले सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘सहि बाटोमा जानका लागि राज्यले सवैलाई उत्प्रेरित गर्नुपर्दछ । सहि बाटोमा जान सिकाउनु पनि पर्दछ । कहिलेकाही चेतावनी पनि दिनुपर्छ । केही गर्दा पनि पार लागेन भने अन्तिम उपाय अपनाउन पनि सकिन्छ’, नेता नेपालले भने, ‘म युट्युबको प्रयोगकर्तालाई पनि भन्न चाहान्छु कि तपाईहरु जिम्मेवार भएर प्रस्तुत हुनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?