आयोजक डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ए एम ए इभेन्टस्ले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएपनि कोरोनाका कारण विगत २ वर्षदेखि रोकिएको लामाले बताए । इभेन्टस्ले विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।

" /> बालेन,भिटेन लगायतका कलाकारहरुले होलीको अवसरमा भब्य सांगीतिक कार्यक्रममा प्रस्तुति दिने - Sarbocha Media

बालेन,भिटेन लगायतका कलाकारहरुले होलीको अवसरमा भब्य सांगीतिक कार्यक्रममा प्रस्तुति दिने

`

     २०७८ चैत्र ०२ गते ३:०२

काठमाडौं, चैत २ । काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका बालेन शाह,चर्चित र्यापर भिटेन लगायतका कलाकारहरुले होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन लागेको कार्यक्रम आयोजकले जनाएको छ ।

आयोजक डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ए एम ए इभेन्टस्ले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएपनि कोरोनाका कारण विगत २ वर्षदेखि रोकिएको लामाले बताए । इभेन्टस्ले विभिन्न ठाउँहरुमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?