पोल्यान्ड, चेक रिपब्लिक र स्लोवेनियाका प्रधानमन्त्री युक्रेन पुगेर के भने?

`

     २०७८ चैत्र ०२ गते ८:११

एजेन्सि, २ चैत्र । पोल्याण्ड, चेक रिपब्लिक र स्लावेनियाका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र प्रधानमन्त्रीसँग कुराकानीका लागि युक्रेनको राजधानी किभ पुगे ।

तीनै देशका प्रमुखले राष्ट्रपति जेलेन्स्कीसँग मंगलबार बेलुका भेटघाट गरेको छ ।

तीनै देशका प्रधानमन्त्री रुसको हमलापछि युक्रेनको यात्रा गर्ने पहिलो पश्चिमी नेता हुन् ।

चेक रिपब्लिकका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका जनताका लागि ट्वीट गरे, ‘हामीलाई थाहा छ कि तपाईंहरुको हाम्रो जीवनका लागि लडिरहनु भएको छ । तपाईंहरु एक्लो हुनुहुन्नँ । हाम्रो देश तपाईंहरुको समर्थनमा छ ।’

पोल्याण्डका प्रधानमन्त्री मातेउश मोराविएतस्कीले युक्रेन गुमाएमा युरोप उस्तै नहुने बताएका छन् । बरु यो हारेको, अपमानित र दयनीय हुने उनले बताए ।

यसबारे राष्ट्रपति जेलेन्स्कीले भने, ‘तपाईंहरु यहाँ आउनु नै युक्रेनका लागि बलियो समर्थन दर्साउँछ ।’

युक्रेनका प्रधानमन्त्री डेनिस शिमेहलले तीनै देशका प्रधानमन्त्रीसँग भएको बैठकको विषयमा ट्वीट गर्दै भने, ‘रुसविरुद्ध कडा प्रतिबन्धबारे कुरा गरियो । यसमा रुसलाई आतंकवादको प्रायोजक मान्नु पनि समावेश छ ।’

युक्रेनमाथि रुसको हमला जारी छ र उनीहरुले राजधानी किभमा कब्जाको कोसिस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?