काठमाडौँ, २ चैत्र । आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १२ सयले घटेर तोलाको ९९ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैंयाँले घटेर तोलाको १३७० मा कारोबार भएको महासंघले जनाएको छ ।




