काठमाडौँ, २ चैत्र । आम आदमी पार्टीका नेता भगवन्त मानले आज पञ्जाबको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् ।
भगवन्त मानको शपथ ग्रहण समारोह पञ्जाबको नवाशहरमा भगत सिंहको पुर्ख्यौली गाउँ कटकड कलामा हुने छ ।
सर्वसाधारणलाई यो समारोहमा समावेश हुन अपिल गरिएको छ । तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल यो शपथ ग्रहण समारोहमा समावेश हुने छन् ।
यसैगरी पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहित शपथ दिलाउन खटकड कला पुगेका छन् ।
भगवन्त मनले आफ्नो सपथग्रहण समारोमा पुरुषलाई पहेँलो पगरी र महिलालाई पहेँलो सल ओढेर आउन अपिल गरेका छन् ।
पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमतसँग जीत हासि गरेको थियो ।
पार्टीले पञ्जाबको ११७ सिटमध्ये ९२ सिट हासिल गरेको थियो । यस्तै, कांग्रेसले १८, बिजेपीले २ र अकाली दलले ३ सिट पाएको थियो ।




