ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको र रुसले अपराध गरिरहेको बताइन ।

" /> रुसी टेलिभिजन सम्पादकले ‘नो वार’ को प्लेकार्ड देखाएकोमा २८० डलर जरिवाना - Sarbocha Media

रुसी टेलिभिजन सम्पादकले ‘नो वार’ को प्लेकार्ड देखाएकोमा २८० डलर जरिवाना

`

     २०७८ चैत्र ०२ गते ४:१८

एजेन्सि, चैत्र १ । युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिवाना सुनाएको छ ।

टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।

सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘नो वार । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’

ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको र रुसले अपराध गरिरहेको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?