काठमाडौँ, १ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् चालु १०औँ अधिवेशनको अन्त्य गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा संसदको चालु अधिवेशन आजराति १२ बजेदेखि स्थगित गरेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
यसअघि मंगलबार बसेको बैठकले मंगलबार मध्य राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।




