काठमाडौँ, चैत्र १ । उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।
कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको हो ।
पाण्डेले २०७७ वैशाख २७ गते आफ्नो फेसबुक पेजमामा धनगढी उपमहानगरपालिकाका प्रमुख वडलाई लक्षित गर्दै जातीय विभेद हुने गरी लेखेको विषयमा उजुरी परेको थियो ।




