काठमाडौँ, फाल्गुन ३० । युवा संस्थाहरूको राष्ट्रिय सञ्जाल नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षमा खोटाङका विकल राई सर्वसम्मत निर्वाचित भएका छन् । आयोनको १५ औं साधारण सभाले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सञ्जालको वरिष्ठ उपाध्यक्षमा चन्दन शाह, महासचिवमा खिमानन्द देवकोटा, सचिवमा विपना शर्मा र कोषाध्यक्षमा शोभा सापकोटा चयन भएका छन् ।
खोटाङ स्थायी घर भएका अध्यक्ष राई लामो समयदेखि युवाहरूका मुद्दामा सक्रिय छन् । उनले देशभरका युवा क्लवहरूलाई थप प्रभावकारी बनाउने गरि आफूले काम गर्ने बताए ।




