काठमाडौँ, २९ फाल्गुन । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ ।
चितवनबाट पोखरातर्फ आईरहेको ग. २ ख. ३०७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ग. ३ च. ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका हुन् ।
घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।




